७ वैशाख २०८१ शुक्रबार
राजनीति

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ७ मा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ।

मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

बैठक दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्य उपस्थित हुनेछन्। रासस

प्रकाशित: १ कार्तिक २०७६ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App