१५ चैत्र २०८० बिहीबार
राजनीति

राष्ट्रपति भण्डारीले जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान जाने भएकि छिन्।

जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकि हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने छिन्।

राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिने छिन्।  उक्त समारोहपछि सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुनेछिन्।

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्ने छिन्। राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने छिन्।

यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिने कार्यक्रम छ। राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

प्रकाशित: १ कार्तिक २०७६ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App