coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘ट्रम्प र पुटिनको भ्रमण गराउन प्रयासरत छौं’

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण गराउन प्रयासरत रहेको बताएका छन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल रुपमा सम्पन्न भएको र ट्रम्प तथा पुटिनलाई स्वागत गर्न प्रयासरत रहेको बताए। 

सरकार विश्वका नेता बोलाएर सगरमाथा सम्वाद गराउने तयारीमा रहेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले त्यहीँ बेला ट्रम्प र पुटिन नेपाल आउन सक्ने संकेत गरे। बाँस्कोटाले ट्रम्प र पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट आमन्त्रण भइसकेको समेत जानकारी गराए। 

‘अमेरिका होस् चाहे रुस उच्चस्तरीय भ्रमणका लागि हामी प्रयासरत छौं’, बाँस्कोटाले भने। भ्रमणको समयबारे भने अहिल्यै खुलाउन नसकिने उनको भनाई छ। ‘शक्ति राष्ट्रहरुको भ्रमणको हाम्रा लागि खुसीको कुरा हो,’ बाँस्कोटाले भने, ‘डेट कसैको तोक्न सक्दैनौं। यो आ–आफ्नो अनुकूलता र समय व्यवस्थापनको कुरा हुन्छ।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममै उच्चस्तरीय राजनीतिक भ्रमणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले थपे, ‘मित्र राष्ट्रबाट उच्चस्तरीय भ्रमणको अपेक्षा गरेका छौं। भ्रमणको संख्या र स्तर बढ्दै जानेछ। सुरक्षा, स्वागत सम्मान गर्न सक्छौं। त्यो चिनियाँ राष्ट्रपतिको भ्रमणमा देखिइसकेको छ।’

अब नेपाल आफ्नो चासो र आवश्यकताका विषयमा पखेटा फिजाएर संसारभर जान सक्ने उनको भनाई छ।  

प्रकाशित: ३० आश्विन २०७६ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App