७ वैशाख २०८१ शुक्रबार
राजनीति

लाल आयोगको प्रतिवेदन उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौं– सर्वाेच्च अदालतले लाल आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको छ। 

मधेश आन्दोलनका चार जना पीडितले प्रतिवेदन उपलब्ध गराउन माग गर्दै दायर गरेको रिटमा सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश  सपना प्रधान मल्लको पूर्ण इजलासले तीन महिनाभित्र निर्णय गरी लाल आयोगको प्रतिवेदन निवेदकलाई उपलब्ध गराउन आदेश दिएको हो। 

मधेश आन्दोलनका पीडित रुपन्देही, बेथरी निवासी शशीधर पाण्डेय, गीता बराई, अवधेश कुर्मी, धर्मेन्द्र मुरावले आन्दोलनका क्रममा भएको हत्याहिंसा, आगजनी र तोडफोडको छानविनका लागि सर्वाेच्चका पूर्वन्यायधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनको माग गर्दै गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायल र राष्ट्रिय सूचना आयोगबिरुद्ध रिट निवेदन दिएका थिए।

आज भएको सुनवाइका क्रममा पीडितको तर्फबाट बरिष्ठ अधिवक्ता सुरेन्द्र महतो र अधिबक्ता शैलेन्द्र अम्बेडकरले बहस गरेका थिए।

यसअघि राष्ट्रिय जनता पार्टी नेपालले प्रतिवेदन सार्वजनिककाे माग गर्दै संसद अवरूद्ध गरेकाे थियाे भने सभामुखले रूलिङ नै गरेका थिए। तर सरकारले सार्वजनिक गरेकाे छैन। साथै प्रतिवेदन निष्पक्ष नभएकाे र विभिन्न त्रुटी रहेकाे भन्दै समाचार समेत प्रकाशित भएकाे थियाे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App