१६ चैत्र २०८० शुक्रबार
राजनीति

भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध छः मन्त्री भट्टराई

फाइल तस्बिर

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र सम्वर्दनका लागि सरकारले संवैधानिक अंगहरुकै व्यवस्था गरेको पनि स्पष्ट पारे। उनले सबै भाषा, संस्कृतिहरुको खोज, अनुसन्धान गर्नका लागि सरकारले विभिन्न प्रतिष्ठानहरुको स्थापना गर्नु परेको पनि स्मरण गराए।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले नयाँ पुस्तालाई समेत हाम्रा अमूर्त सांस्कृतिक सम्पदाहरु हस्तान्तरण गर्ने गरी भाषा आयोग, महिला आयोग, मधेशी आयोग र विभिन्न प्रतिष्ठानहरुको गठन गरी त्यसको खोज र अनुसन्धानको कामलाई निरन्तरता दिइरहेको पनि बताए।अझै पनि कतिपय जातिहरुको पहिचान हुन बाँकी होला, कतिपय हाम्रा भाषाहरु लोप हुन लागेका होलान,’ मन्त्री भट्टराईको भने।

तिनीहरुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व सरकारको हो। ’ त्यस अवसरमा मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उल्लेख गरे।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन  नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले सरकारले सांस्कृतिक सम्पदाहरुको पनि संरक्षण हुने गरी सांस्कृतिक नीति’ बनाएकोमा खुसी व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औल्याए।

प्रकाशित: ३० आश्विन २०७६ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App