coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

काठमाडौँ- दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ। सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेका थिए।
     
 दिउँसो १:४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उनको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर बिदाइका लागि प्रतीक्षारत थिए। उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति सीलाई बिदाइ गर्न पाएका थिए। राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए।    
    
बिदाइका क्रममा उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो। कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उनको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।    
शनिबार अपराह्न ४ : ४५ बजे दुई दिने राजकीय भ्रमणका लागि आएका उनी आज २:१५ बजे स्वदेश फर्किएका हुन। राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो।    
    
 चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए। रासस  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App