७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको चियापानमा नेकपा नेताहरुको ओइरो

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विजया दशमी, दिपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा सततारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु प्राय सबै उपस्थित थिए।

केन्द्रीय कार्यालय सानेपामा भएको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई सहभागी भएका थिए।

त्यसैगरी उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ्ग, राजपाका नेता महन्थ ठाकुर, पुर्व प्रधानसेनापति रुकमाङ्गगत कटवाल, विभिन्न दलका नेता कार्यकर्ताहरु, माअवधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो।

चियापान समारोहमा विभिन्न पेशागत संघसंस्थाका पदाधिकारी, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवा, गैह्र आवासीय नेपालीहरु, विशिष्ट महानुभावहरु तथा नेपाली कांग्रेसका विभिन्न भातृ संगठनका पदाधिकारी र शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति थियो। चियापानमा खाने परिकारमा जेरी, समोसा, निम्की र चिया राखिएको थियो।

२०३३ सालमा स्वर्गीय विपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि हरेक वर्ष कोजाग्रहत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: २६ आश्विन २०७६ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App