२१ असार २०७७ आइतबार
राजनीति

फर्किए चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्केका छन्। तस्बिर : केशव थोकर

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्केका छन्। राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन्।

यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरे। चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो। उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो।

चिनियाँ राष्ट्रपति सी शनिबार पाँच बजे काठमाडौं अवतरण गरेका थिए। भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल हिजो नेपाल आएका थिए।

प्रकाशित: २६ आश्विन २०७६ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App