८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद आलम पक्राउ

रौतहट - प्रतिनिधिसभाका सांसद अफताव आलम पक्राउ परेका छन्। रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले पुष्टि गरे।

बम बनाउने क्रममा विस्फोट भइ ८ जना गम्भीर घाइते भएका थिए। घाइते सबैलाई राजपुरस्थित इटाभाटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी स्राेतले जनाएकाे छ। बम विस्फोटका दुई जनाले बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। उनी नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित सांसद हुन्।

प्रकाशित: २६ आश्विन २०७६ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App