काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजमा लुक्लाको सीमी र बारा लगायतका परिकार राखिएको छ।
होटल सोल्टीमा आयोजित रात्रीभोजमा २ सय ५० जना पाहुनालाई आमन्त्रण गरिएको छ। म:म, साँधेको भटमास, कुरिलो, क्वाँटी समेत राखिएको छ। यस्तै गुल्मीको कफि र इलामको चिया पनि भोजमा राखिएको छ।
आज अपराह्न नेपाल आएका सी र राष्ट्रपति विद्या भण्डारीबीच शीतल निवासमा सिष्टाचार भेट भएको थियो।
प्रकाशित: २५ आश्विन २०७६ १४:५५ शनिबार