coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समकक्षी भण्डारीलाई भेट्न चिनियाँ राष्ट्रपति शीतल निवास

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चीङफिङ शितल निवास पुगेका छन्। उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्। भेटमा दुई देशबीच सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका उनलाई समकक्षी विद्यादेवि भण्डारीले नै स्वागत गर थिइन्। स्वागतमा प्रधानमन्त्री केपि शर्मा वली लगायत उच्च पदस्थ अधिकारीहरु त्रिभूवन विमानस्थल पुगेका थिए। चिनियाँ राष्ट्रपति पाँच बजे काठमाडौं अवतरण गरेका हुन्।

उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। आजै राष्ट्रपति विद्यादेवि भण्डारीले दिने रात्रीकालिन भोजमा सहभागि भएपछि सी को आजको औपचारिक कार्यक्रम समापन हुनेछ। 

रात्रिकालिन भोज साढे सात बजे सुरु हुने छ। रात्रिकालिन भोज अघि  राष्ट्रपति सी र राष्ट्रय सभाका अध्यक्ष गणेश तिमल्सिनासंग शिष्टाचार भेट हुने छ।

प्रकाशित: २५ आश्विन २०७६ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App