११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपति सी स्वागतको तयारी (फोटो फिचर)

काठमाडाैँ - चिनियाँ राष्ट्रपति सी चिनफिङ साढे चार बजे काठमाडौं ओर्लदैछन्।

सी दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारत चेन्नाइको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

विमानस्थलमा  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।

चिनियाँ राष्ट्रपति सी स्वागतका लागि काठमाडौंका मुख्य सडक फेरिएका छन्। सीको स्वागतका लागि सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो।  उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App