coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दसैंमा पनि विमानस्थल निरीक्षणमा मन्त्री भट्टराई, समयमै काम सक्न निर्देशन

अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निरीक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई। तस्बिर सौजन्यः प्रवेश अधिकारी

भैरहवा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्माणधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन्। देशकै पहिलो प्राथमिकतामा रहेको भैरहवास्थित निर्माणधिन विमानस्थलको कामको प्रगति र आगामी कार्ययोजनाको बारेमा मन्त्रीसहितको टोलीले जानकारी लिइएका हुन्।

मन्त्री भट्टराईसहित नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदिप अधिकारी आइसीपी–२का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेको टोली स्थलगत निरीक्षण गरेका थिए। आयोजनाको हाल सम्मको प्रगति र उत्पन्न केही समस्याको जानकारी आयोजना प्रमुख प्रवेश अधिकारीले गराएका थिए।

मुलुकको प्रतिष्ठासँग जोडिएको यो अन्तराष्ट्रिय विमानस्थल डिसेम्बर भित्रै सम्पन्न गर्न आयोजना लागेको छ। आयोजनाको काम अन्तिम अवस्थामा पुग्दै गर्दा नयाँ–नयाँ समस्याहरू आउने भएकोले  ति समस्यालाई हल गर्दै कुनै पनि हालतमा डिसेम्बर अघि सम्पन्न गरी नेपाल भ्रमण बर्षको पहिलो त्रैमासिक भित्र प्लाइट सुरु गर्नपर्छ। आगामी कार्ययोजनाका बारेमा छलफल गरी समय तालिकासहितको योजना निर्माण गर्न मन्त्रीले निर्देशन दिइएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

‘आयोजना समयमा नै सम्पन्न गर्न काम निरन्तर भइरहेको छ, पर्वको समय भए पनि लगातार काम गरिरहेका छौँ। मेजर काम डिसेम्बर भित्र सम्पन्न गरी २०२०को पहिलो ३ महिना भित्र टेष्ट प्लाइट गरी निरन्तर संचालन गर्ने तर्फ हामी अघि बढेका छौँ।’ अधिकारीले नागरिक न्यूजलाई बताए।

‘मन्त्री ज्यूकाे करिब ५ घण्टा विमानस्थलको अनुगमन र निरीक्षणपछि विमानस्थल समयमै सञ्चालन बारे गहन छलफल भएको छ । पछिल्लो समस्याको बारेमा हामीले जानकारी गराएका छौँ, आउने समस्याको समाधान हुन्छ भन्ने प्रतिवद्धता जनाउनु भएको छ।’ अधिकारीले भने।

अन्य समय भीडभाड भए पनि अहिले दशैको बिदाको मौका छोपी आयोजनाकै समस्या समाधानहरुको बिषयमा छलफल केन्द्रीत रहेको थियो। बिशेष गरि आईसीपी–०२ अन्र्तगत बिभिन्न उपकरणहरु आयात गर्दा हुने समस्यालाई कसरी समाधान गर्ने बिषयमा गम्भिर छलफल भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

समग्रमा विमानस्थलको करिब ८२  प्रतिशत भौतिक प्रगति भएको छ। अबको अधिकांस काम  प्रविधिक र इलेक्ट्रो मेकानिकल भएकोले छिटपुट र साना स्ट्रक्चरल काम मात्र बाँकी छन्। नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक निर्माण हुँदैछ। 

मन्त्रीले विमानस्थलको साथ साथै लुम्बिनीमा बनिरहेको अन्तराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गरेका थिए। आउने बुद्ध जयन्तीमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको उक्त ५ हजार मानिस एकै साथ मेडिटेशन गर्न सक्छन्।

 

प्रकाशित: २० आश्विन २०७६ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App