१५ चैत्र २०८० बिहीबार
राजनीति

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय भएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्। 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आफूहरु तीव्र प्रतिक्षामा रहेको बताए। ‘समस्यारहित सम्बन्ध रहेको मुलुक, विश्वकै दोस्रो सुपरपावर छिमेकबाट उच्चस्तरीय भ्रमण भएका छैनन। यो वर्ष उच्चस्तरीय भ्रमणको वर्ष हुनेछ’, उनले भने। 

उनले अहिले मिति तय नभएको स्पष्ट पारे। ‘मितिको कुरा समयक्रममा खुल्दै जान्छ। तय भएको छैन, उताबाट जानकारी पनि प्राप्त भएको छैन’, उनले भने। 

चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी भइरहेको उनले जानकारी गराए। ‘नेपालको हित, द्विपक्षीय हित र आगमनदेखि विदाईसम्मको भव्य नेपाली मनहरुद्वारा सम्बन्धलाई उचाईमा पुर्याउने गरी सरकारको तर्फबाट मात्र होइन नागरिक पनि तयारीमा छन्’, उनले भने।  

उनले चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच राजनीति जमघटमात्रै भएको र त्यसलाई अन्यथा लिन नहुने बताए। ‘सी पथमा गएको होइन, नेपाली जनताको पथमा लाग्छौं’, उनले भने, ‘चिनियाँ राष्ट्रपतिको भ्रमण, दुई देशको सम्बन्ध, विकासलाई मजबुत बनाउन हामीले चिनियाँ नेतासँग जमघट गरेका हौं।’ 

प्रकाशित: ९ आश्विन २०७६ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App