४ वैशाख २०८१ मंगलबार
राजनीति

नेकपाले छान्यो सबै महानगरका अध्यक्ष र सचिव

काठमाडौं — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरका अध्यक्ष र सचिव मनोनित गरेको हो।

बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुरका अध्यक्षमा मञ्जली कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएकाे जानकारीअनुसार  पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई चयन गरेकाे छ।

त्यस्तै वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की चयन भएका छन्। बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँने प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: ४ आश्विन २०७६ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App