coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसलाई सञ्चारमन्त्रीको जवाफ- आरोपको भरमा कसैमाथि कारवाही गर्न मिल्दैन्

फाइल फोटाे

काठमाडौं– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बाँके घटनाको छानबिन नगरी कारवाही प्रक्रिया अघि बढाउन नसकिने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल सो घटनामा संलग्नहरुमाथि कार्वाही गर्न माग गरिरहेका बेला मन्त्री बास्कोटाले छानबिन गरेर मात्रै सो घटनामा संलग्नमाथि कार्वाही प्रक्रिया अघि बढाउने बताएका हुन्।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनले संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले छानवीननै नगरी, दोषी नठहराई, घटनामा कसको संलग्नता छ? भन्ने पुष्टि नभई आरोपितमाथि कार्वाही गर्न नमिल्ने पनि स्पष्ट पारे। हाम्रा निकायले छानवीन गर्छ, अनुसन्धान गर्छ,’ मन्त्री बास्कोटाको भनाई थियो, दोषी ठहर भएपछि कानुन बमोजिम कार्वाही हुन्छ।’ हाँत भाँचिएको हो भने पनि कानुन बमोजिम कार्वाही गर्न कसले भाँचेको हो? भनेर अनुसन्धान गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाई छ।

मन्त्री बाँस्कोटाले अरुले आरोपित गरेको आधारमा कसैमाथि पनि कार्वाही गर्न नमिल्ने पनि पटकपटक दोहो¥याए। प्रमुख प्रतिपक्ष दल कांग्रेसले पार्टीका बाँके सभापति किरण कोइरालासहितका नेता, कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले हमला गरी घाईते बनाएको भन्दै तत्काल कार्वाही गर्न माग गर्दै आएको छ।

प्रकाशित: २ आश्विन २०७६ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App