२७ श्रावण २०७७ मंगलबार
राजनीति

इमान्दारिताका साथ काम गर्न नेकपा निकट ठेकेदारलाई प्रचण्डको आग्रह

फाइल फोटाे

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

प्रचण्डले जनता र राष्ट्रको पक्षको विकास, निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै सो अवसर सदुपयोग गर्न पनि निर्माण व्यवसायीहरुलाई सचेत गराए। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कार्वाहीको भागीदार हुने चेतावनी पनि दिए।

अध्यक्ष दाहालले मुलुकमा निरंकुशता र अराजकतावादीहरुको कुनै स्थान नरहेको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीहरुले मिलेर मुलुक निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे।

प्रकाशित: ३० भाद्र २०७६ १९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App