coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापाका भाईविरुद्ध संगठित अपराध मुद्दा

काठमाडौं– संगठित अपराधमा मुद्दा दायर भएका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहित आठजना विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। न्यायाधीश मेदिनी प्रसाद पौडेलको इजलासमा तीन अभियुक्तिको बयान भइसकेको र बाँकी आठ जनाको बयान बाँकी भएकाले उनीहरु थुनामै छन्।

व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गरेको आरोपमा थापासहितका व्यक्तिलाई संगठित अपराध ठगीमा मुद्दा चलाइएको हो। बिहीबार तीन जनाको वयान लिने कार्य भएको छ भने थापाको वयान लिन बाँकी रहेको बताइएको छ। थापासँगै ८ जनालाई पक्राउ गरी प्रहरीले आपराधिक लाभको आरोपमा मुद्दा दायर गरेको हो।

व्यवसायीलाई धम्क्याई रकम असुल्ने कार्यमा संलग्न रहेको आरोप लागेका समीरमान सिंह बस्नेत कारागारमा रहेका छन्। उनीसंगै मिलेर थापाले पनि आपराधिक लाभ लिनेगरेको आरोपमा उनीमाथि मुद्दा चलाइएको हो। 

थापासँगै पक्राउ पर्नेहरुमा सुरेन नगरकोटी, बीरबल भट्टराई, पवन खड्का, शैलेश प्रजापति, र मनबहादुर पुन लगायतका छन्।  

थापाले आफूले बस्नेतलाई कारागारमा भेट्ने गरेको प्रहरीको वयानमा उल्लेख गरेको पनि अदालत सुत्रले बनाएको छ। बस्नेतले प्रहरीकै फोन प्रयोग गरी अन्य ब्यक्तिसँग सम्पर्क गर्ने गरेको पनि आरोपितको वयानबाट खुलेको उल्लेख गरिएको छ। थापाले अदालतमा दिने बयानकै आधारमा अपराधको पोल खुल्न सक्ने आंकलन गरिएको छ। बयान सकिएपछि हुने बहसका आधारमा उनीहरुलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने आदेश हुनेछ।

नेपाल निर्माण ब्यवसायी महासँघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पक्राउ परेका बस्नेतविद्ध पनि मुद्दा विचाराधीन छ। जेलमा बस्दा समेत बाहिरका ब्यक्ति प्रयोग गरी रकम असुल्ने गरेका उनीमाथि आरोप लाग्दै आएको छ। कार्यालय जाने क्रममा गौचनको करिब एकबर्षअघि हत्या भएको थियो।

प्रकाशित: २६ भाद्र २०७६ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App