१५ चैत्र २०८० बिहीबार
राजनीति

एलपी ग्यास पनि सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

फाइल फोटाे

काठमाडौं– सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्यास छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराएका हुन्। 

नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पारे। 

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए। मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गरे।

प्रकाशित: २५ भाद्र २०७६ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App