८ वैशाख २०८१ शनिबार
राजनीति

कश्मीर भारतको आन्तरिक मामिलाः परराष्ट्रमन्त्री ज्ञवाली

तस्बिर : ANI

माले– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला भएको बताएका छन्।

माल्दिभ्सको राजधानी मालेमा आयोजित चौथो हिन्द महासागर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका मन्त्री ज्ञवालीले भारतीय न्यूज एजेन्सी एएनआईसँग कुरा गर्दै जम्मू कश्मीर भारतको आन्तरिक मामिला भएको र उसलाई आफ्नो संवैधानिक धारा परिवर्तन गर्ने अधिकार भएको बताए। 

‘अवश्य पनि संविधान फेर्ने र संशोधन गर्ने भारतको अधिकारक्षेत्रको कुरा हो। हामी यसमा कुनै टिप्पणी गर्न चाहन्नौं’, ज्ञवालीले भने। कश्मीरमा नेपालीहरु सुरक्षित रहेको र उनीहरुको सुरक्षाका लागि भारत सरकारसँग नजिकबाट समन्वय गरिएको बताउँदै मन्त्री ज्ञवालीले आफूहरुको चासो यति भएको स्पष्ट पारे।

नेपालले भारत र पाकिस्तानबीच कुनै तनाव नहोस भन्ने चाहेको उनको भनाई छ। ‘सार्क राष्ट्रको अध्यक्षका हैसियतले हामी सबै सदस्य राष्ट्रलाई कुनै पनि विवाद वार्ताको माध्यमबाट समाधान गर्न अनुरोध गर्दछौं’, उनले भने, ‘विवाद बढाउनु समस्याको समाधान होइन, हामी यहीँ भन्न चाहन्छौं।’

सार्क क्षेत्रका तनाव वार्ता र सम्वादका माध्यमबाट समाधान हुने विश्वास व्यक्त गर्दै मन्त्री ज्ञवालीले वार्ताबाट शान्ति र स्थायित्व कायम हुने जिकिर गरे। 

Abrogation of Article 370 is India's internal matter: Nepal

Read @ANI story | https://t.co/Yk0y3aY7PA pic.twitter.com/c9Ne30vprS

— ANI Digital (@ani_digital) September 4, 2019

प्रकाशित: १८ भाद्र २०७६ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App