७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले दिए तीजको शुभकामना

फाइल फोटो

हेटौँडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिन्दू नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ। शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीलाई हर्षोल्लासपूर्वक तीज मनाउन अनुरोध गर्नुभएको छ।

मुख्यमन्त्री पौडेलले तीजका अवसरमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त समेत गरेको छ।उनले सन्देशमा भनेको छ,“सभ्यता, संस्कृति र कलामा सयौँ वर्ष अगाडिदेखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ।

यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा छन्, बहुजाति, भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ। ”हरितालिका तीज पर्वले हामी सबैमा सांस्कृतिक तथा पारिवारिक, सामाजिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोय पुग्ने उनले विश्वास व्यक्त गर्नुभएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App