१६ चैत्र २०८० शुक्रबार
राजनीति

खोटाङमा समाजवादीले पुर्णता पायो

समाजवादी पार्टीको जिल्ला कार्य समितिका नेता तथा कार्यकर्ताहरु । तस्बिरः नागरिक

खोटाङ– खोटाङमा समाजवादी पार्टी नेपालले पुर्णता पाएको छ। केन्द्रीय समिति एकीकरण भएको केही समयपछि जिल्लामा समाजवादीको समायोजन सकिएको हो। 

तत्कालिन संघीय समाजवादी र नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई मिलाएर टंकबहादुर थापाको अध्यक्षतामा समाजवादीको १५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।

१३ सदस्यीय पदाधिकारी रहेको समितिको उपाध्यक्षमा मणी राई, पिके खम्बू, नैन कट्वाल, वसन्ति राई र नविनकिशोर राई, सचिवमा जीवराज पोखरेल र देवकुमार राई, सह–सचिवमा टिकाराम राई, विरेन्द्रकुमार दर्नाल र आशिष राई, कोषाध्यक्षमा सावित्री राई र रुपा उदास चयन भएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा संगठन विस्तार गरेपछि जिल्ला समिति समायोजन गरिएको समाजवादीले जनाएको छ।

सुभद्रा मदन फाउण्डेसनको सभाहलमा समाजवादीका केन्द्रिय सदस्य एवं कृषि तथा भू–व्यवस्थापन विभाग प्रमुख मदन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य भुराज राई, उमेश थापा, रमेश राई, देवराज राई, सनबहादुर राई, डा. केके राईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम समाजवादीका समायोजन समितिका संयोजक केशव कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा राप्रपाका नेता सिताराम राई, नेकपाका नेता आशिष राई, प्रवचन राईलगायतका नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन्।

प्रकाशित: १५ भाद्र २०७६ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App