२४ श्रावण २०७७ शनिबार
राजनीति

भाद्र मसान्तभित्र अनेरास्ववियूको एकताले पुर्णता पाउने

काठमाडौं। सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूको एकताले भाद्र मसान्तभित्र पुर्णता प्राप्त गर्ने इन्चार्ज हितमान शाक्यले बताएका छन्। एक्कताले गति लिन थालेपछि विहिवार बागबजारमा साझा कार्यालयको उद्घाटन भएको छ।

बागबजारस्थित साविक अनेरास्ववियू (क्रान्तिकारी ) को केन्द्रीय कार्यालयलाई नयाँ ब्यवस्थापनसहित साझा कार्यालय बनाइएको हो। आज उद्घाटन भएको कार्यालयमा नेकपाका तर्फबाट विद्यार्थी फ्याक्सन हेर्ने जिम्मेवारी पाएका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाललाई अनेरास्ववियू केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियोे।

पार्टी फ्याक्सनको तर्फबाट कार्यभार सुम्पिएको औपचारिक घोषणा गरिएपछि अनेरास्ववियूका नवनियुक्त संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आआफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले बताए।

कार्यक्रममा इन्चार्ज हितमान शाक्यले भाद्र महिनाभित्र अनेरास्ववियूको एकता सकिने गरि छलफल अघि बढेको बताए। अनेरास्ववियूका संयोजक ऐन महर र रञ्जित तामाङले आफुहरु एकताको काममा सम्पुर्ण रुपले जुटेको बताए।

आज आयोजित कार्यालय उद्घाटन समारोहमा अनेरास्ववियूका पुर्वअध्यक्षहरु लेखनाथ न्यौपाने , ठाकुर गैरे, रामकुमारी झांक्री , रमेश मल्ल , नविना लामालगायतको उपस्थिति रहेको थियोे।कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: १२ भाद्र २०७६ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App