८ वैशाख २०८१ शनिबार
राजनीति

‘अमेरिकी राष्ट्रपति र हाम्रो प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्स हुन्छ’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने। 

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए। ‘अमेरिकी र रुस राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फ्रेन्स गर्छन्। त्यहाँ त सूचना चुहिँदैन’, उनले उदाहरण प्रस्तुत गरे। 

कन्फ्रेन्स अवधिभर कार्यबाहक प्रधानमन्त्रीलाई के गर्ने भन्ने निर्णय गरिने उनको भनाई छ। 

मन्त्री बाँस्कोटाले दिल्ली, वाशिंटन, बेइजिङ जहाँबाट पनि भिडियो कन्फ्रेन्स हुने स्पष्ट पार्दै सार्वभौमसत्ता र प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न उठाउन उचित नहुने जिकिर गरे। मन्त्री बाँस्कोटाले अमेरिकी राष्ट्रपति र नेपालको प्रधानमन्त्रीबीच समेत भिडियो कन्फ्रेन्स हुने स्पष्ट पारे।

मन्त्रिपरिषदको कार्यसम्पादन नियमावली संशोधन गरिएको विषय र प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्यसँग भिडियो कन्फ्रेन्स गरेको विषयलाई लिएर उठेका प्रश्नमा बाँस्काटाले विशेष समय लिएर जवाफ दिएका थिए। 

मन्त्रीको जवाफपछि कांग्रेस सचेतक पुष्पा भुसालले आफ्नो पार्टी सञ्चार आधुनिकीकरणको पक्षमा रहेको स्पष्ट पार्दै हेलो गर्न मात्रै भिडियो कन्फ्रेन्स थियो भने कार्यविधि संशोधन गर्नुको कारण के भनेर प्रश्न गरिन। सांसद प्रकाश रसाइलीले प्रधानमन्त्रीको अध्यक्षमा भिडियो कन्फ्रेन्स पनि गर्ने, कार्यबाहक प्रधानमन्त्री तोक्ने भन्ने प्रश्न गरे। 

सांसद प्रेम सुवालले दिल्लीबाट भिडियो कन्फ्रेन्स हुँदा सार्वभौमसत्ता खतरामा पर्ने चिन्ता व्यक्त गरे। 

प्रकाशित: १२ भाद्र २०७६ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App