८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद्जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनु स्वीकार्य छैनः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ। 

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले  प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने गरेको भन्दै मन्त्रिपरिषद् बैठकजस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको ठहर कांग्रेसले गरेको छ। 

प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ति जनाए। उनले मन्त्रिपरिषद् बैठक सन्चालन कार्यविधि हलुका ढंगले संशोधन गर्ने परिपार्टीले भविष्यमा वेथिति ल्याउने दाबी गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक विहीबार अपरान्ह सम्मका लागि स्थगित भएको छ। बैठकमा समयावधि सकिएका भात्तृसंस्थाहरु र जनसम्पर्क समिति लगायत बारे छलफल हुने कार्यसूची थियो।

प्रकाशित: ११ भाद्र २०७६ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App