coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘गाउँपालिका अध्यक्षले गाडी चढ्ने, हामीले ट्याम्पु चढ्नुपर्ने?’

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसदलाई सरकारी गाडीको सुविधा उपलब्ध गराउनुपर्ने माग उठेको छ।

मंगलबारको बैठकमा शून्य समयमा बोल्दै समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले मर्यादाक्रममा आठौं तहमा रहेका सांसदलाई सरकारी गाडी दिन सरकारसँग माग गरिन। 

सार्वजनिक यातायातका कारण सांसदहरु संसद र संसदीय समितिको बैठकमा ढिला उपस्थित हुने गरेको भन्दै उनले भनिन्, ‘सांसदको सुरक्षा, कार्यक्षेत्र, मर्म र भावनालाई आत्मसात गरेर सरकारी गाडीको सुविधा उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछु।’

संघीय सांसद उच्च स्तरको जनप्रतिनिधि भए पनि गाउँपालिका अध्यक्षसरह गाडी सुविधा नदिँदा सडकको दुरावस्था र ट्राफिक जाम लगायत सार्वजनिक यातायातको भर पर्नुपर्ने, रातदिन ट्याम्पुमा झुण्डिएर यात्रा गर्नुपरेको उनको गुनासो छ। 

संसद र समितिको बैठकका अलावा आफ्नो क्षेत्रको जनसरोकारको सेवामा सांसदहरु मन्त्रीसरह नै रातदिन खटिनुपर्ने बाध्यता रहेको भन्दै उनले गाडी अनिवार्य आवश्यकता भएको बताइन्।

प्रकाशित: १० भाद्र २०७६ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App