८ वैशाख २०८१ शनिबार
राजनीति

'प्रचण्ड'काे अध्यक्षतामा सचिवालय बैठक बस्दै

काठमाडाैँ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

सोही अधिकार प्रयोग गरी अध्यक्ष प्रचण्डले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक ११ बजेका लागि बोलाउनु भएको हो।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा रहेका बेला आन्तरिक पार्टी विवाद मिलाउने उद्देश्यलेप्रचण्डले बैठक बोलाएका हुन्। गत बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच व्यक्तिगत तहमा भनाभन भएपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको थियो ।

सोही बिषयलाई लिएर अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा माधवकुमार नेपालसँग छलफलसमेत गरेको स्रोतको भनाइ छ । गत शुक्रबार नेपालसँग भेटवार्ता गरेका अध्यक्ष प्रचण्डले आज राष्ट्रपति बिद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने तयारी रहेको  छ । राष्ट्रपति र अध्यक्ष प्रचण्ड बिच झन्डै २ घन्टा कुराकानी हुने  बताईएको छ ।

प्रकाशित: ९ भाद्र २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App