७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। ओली बिहीबार दिउँसो थाई एयरबाट स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर गएका हुन्। 

प्र्रधानमन्त्री ओलीसंग उनकी श्रीमती राधा शाक्य पनि सिंगापुर प्रस्थान गरेकी छिन्। केही समय अघि उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर गएका हुन्। 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ओली फलो–अपको लागि सिंगापुर गएको बताए। ‘औषधिको मात्रा मिलाउनुपर्ने भएकाले जानु भएको हो’, उनले भने। 

प्रधानमन्त्रीलाई विदाई गर्नका लागि सरकारका मन्त्रीहरु, नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुगेका थिए। साथै नेकपाका अन्य नेता कार्यकर्ताहरुकोको पनि उल्लेख्य उपस्थिति थियो।

प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App