३१ श्रावण २०७७ शनिबार
राजनीति

लोकसेवाको विज्ञापन समावेशी नै छः पण्डित

फाइल फाेटाे

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालिन अवस्थामा समावेशी भएको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्नोत्तरको कार्यक्रम अन्र्तगत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिदै उनले आयोगको विज्ञापन समावेशी भएको दाबी गरेका हुन्।

उनले लोक सेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुन अनुकुल रहेकाले रद्द गर्नुनपर्ने स्पष्ट पारे। उनले भने ‘अहिले गरिएका लोकसेवा आयोगको विज्ञापन तात्कालिन स्थितिमा समावेशी छ। लोकसेवा आयोगको विज्ञापन आवश्यकता, माग र तात्कालिन कानुनी व्यवस्था अनुकुल भएकाले रद्द गरिहनु पर्ने आवश्यकता छैन्।’

उनले नीतिगत कामका लागि टे«ड युनियन आवश्यक भएपनि कुन रुपमा रहने भन्ने छलफलको क्रममा नै रहेको स्पष्ट पारे। साथै उनले समायोजनमा गएका राष्ट्रसेवक कर्मचारीको मनोबल वृद्धि गरि खस्कन नदिने प्रतिवद्धता पनि जाहेर गरे। उनले संघमा समायोजन भएका कर्मचारीलाई श्रेणीगत रुपमा तलब भत्ता उपलब्ध गराइएको र प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई तहगत रुपमा तलब भत्ता निर्धारण गरिएको स्पष्ट पारे।

प्रकाशित: ३ भाद्र २०७६ १८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App