६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रतिनिधिसभा बैठकः विशेष समयमा कसले के भने?

फाइल फाेटाे

काठमाडौं– सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानीलगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत सम्भारको लागि सरकारको ध्यानाकर्षण गराए। सितापाईला –रामकोट –भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुदै बौद्ध जानेलगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए। उनले साईकल लेनहरुको अभावका कारण काठमाण्डौमा साईकल चढ्ने नागरिकले पनि दुख पाईरहेको उल्लेख गर्दे साईकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए। उनले अविरल वर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।  

सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए। उनले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्ति बाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए।

राजपाका सांसद अमृता अग्रहरीले आफुहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिए। गिरिश चन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक प्रतिवद्धता जाहेर गरेर पनि अहिले सम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराए।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के का लागि आयो भनी प्रश्न गरे। उनले आरक्षण बचाउ अभियान अन्र्तगतको  शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ती जनाउदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी दिए।

नेकपाका सांसद मोहन बानियाले मुगु जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाईली स्नेहीर्ले गलत सूचना दिएको भन्दै आफ्नो भनाई फिर्ता लिन ध्यानाकर्षण गराए।

प्रकाशित: ३ भाद्र २०७६ ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App