१६ चैत्र २०८० शुक्रबार
राजनीति

क्रान्तिकारी भन्ने सरकारले विकृति अन्त्यका लागि चासो दिएनः थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफुलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले समाजमा विद्यमान विकृति विसंगति अन्त्यका लागि चासो नदिएको आरोप लगाएका छन्। ५७ औं मुक्ति दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्धारा आइतबार राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतान्त्रिक सरकार र वर्तमान व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गरेको बताएका हुन्।

मुक्ति दिवस राजसंस्थासँग सम्बन्धित विषय नभएको भन्दै उनले आफुलाई क्रान्तिकारी भन्ने सरकारले दिवसलाई उपेक्षा गरेर आफ्नो संकिर्ण मानसिकताको प्रर्दशन गरेको टिप्पणी गरे।

उनले शोषणकाविरुद्ध पटक पटक संघर्ष गरेकाहरुले नै मुक्ति आन्दोलन र त्यसैको आधारमा स्थापित मुक्ति दिवसलाई बिर्सनु विडम्बनापुर्ण भएको टिप्पणी गरे।

 

प्रकाशित: १ भाद्र २०७६ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App