coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपामा भागबन्डा विवाद

फाइल तस्बिर

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विभागीय भागबन्डा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको छ। प्रधानमन्त्री तथा नेकपाको अध्यक्षसमेतरहेका केपी ओली स्वदेश फर्केपछि पनि गृहकार्य नपुगेको भन्दै बैठक दुईपटक स्थगित भइसकेको छ। साउन २८ गतेको सचिवालय बैठक २९ गते (बुधबार) लाई सारिएको थियो तर प्रधानमन्त्री ओलीले गृहकार्य नपुगेको भन्दै बिहीबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

सिंगापुरबाट स्वदेश आएपछि सक्रियरहेका प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए। त्यसपछि पूर्व एमालेका नेताहरूसँग पनि छलफल गरेका थिए। स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद यथावत्रहेको अवस्थामा महिला, युवार मजदुर विभागको प्रमुखमा समेत विवाद आएको स्रोतले जनाएको छ। पूर्व एमालेका नेताहरूसँगको छलफलमा महिला विभागमा गोमा देवकोटा, युवामा महेश बस्नेतर मजदुरमा विष्णुरिमालको नाम आएपछि यसमा थप छलफल गर्नुपर्ने भन्दै सचिवालय बैठक बिहीबारलाई सारिएको हो। स्कुल विभागमा विवाद कायमैरहेका बेला पूर्व एमालेका भागमा परेका मजदुर, युवार महिला विभागमा प्रधानमन्त्री ओलीले आफूपक्षधर नेताको नाम अगाडि सारेका कारण थप विवाद आएको स्रोतले बतायो।

स्कुल विभागमा पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठर पूर्व एमालेबाट ईश्वर पोखरेलले दाबी गर्दै आएका छन्। त्यसैगरी भीमरावल, घनश्याम भुसाल, वेदुराम भुसाल,राम कार्कीलगायतले पनि स्कुल विभागको नेतृत्व दाबी गर्दै आएका छन्। तर पछिल्लो समय पूर्व माओवादीले स्कुल विभागलाई नै प्रतिष्ठाको विषय नबनाउने भन्दै लचिलो बनेको पनि स्रोतले जनाएको छ।

मंगलबार साँझ बसेको पूर्व एमाले पक्षधरको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले विभागमा नाम सिफारिस गरेका थिए। उनले स्कुल विभागमा पनि पूर्व एमाले पक्षको एउटै धारणा बनाउनुपर्ने भन्दै ईश्वर पोखरेलको नाममा सहमति जुटाएर अगाडि बढ्न गरेको प्रस्तावमा कुनै छलफल भएन। नेकपाका ३२ विभागमध्ये पूर्व एमालेको भागमा १८र पूर्व माओवादीको भागमा १४ विभाग परेका छन्। पूर्व एमालेकै नेताहरूमा विवाद आएपछि बुधबार ओलीले दाहालसँग छलफल गरी बिहीबारलाई सचिवालय बैठक सारेका हुन्। बैठकका लागि महासचिव विष्णु पौडेलले सबै केन्द्रीय सदस्यको धारणा बुझेर कार्यविभाजनको प्रस्ताव तयार पारिसकेका छन्।

प्रकाशित: ३० श्रावण २०७६ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App