coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छः गिरी

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले 'भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिने’ अभिव्यक्ति दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा गिरीले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत बारेमा छलफपल भइरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका छन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे। उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए।

नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरि पहलकदमी गर्न उनले आग्रह गरे।

उनले भने, ‘विपक्षमा रहेर कहिलेकाहीँ पनि त्यस्ता मागलाई उठाउनु हुँदैन्। जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्। कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन्। सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो। हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ। भुटान बनाउँछ। तथ्य हो यो।’

प्रकाशित: २९ श्रावण २०७६ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App