४ वैशाख २०८१ मंगलबार
राजनीति

संसदमा रावलले भनेः संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत हुने बताएका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति नदिने र यो नेपालको हितमा पनि नहुने बताए। ‘देशभित्र वा बाहिर संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ’, उनले भने। 

दुईपक्षीय सैन्य अभ्यासमा समेत नेपाल संलग्न हुन नहुने उनको भनाई छ। 

‘प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा मात्र सीमित रहेर सुरक्षा निकायका बीच तालिम र अनुभवको आदानप्रदान गर्न सकिने भए पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुईपक्षीय सैन्य अभ्यासमा पनि अब नेपाल संलग्न हुनुहुँदैन’, उनले भने। 

नेपाली युवा युवतीलाई विदेशी सेनामा भर्ती गर्ने, नेपालको सार्वभौमसत्तामा आँच पुर्याउने, निरकुंश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्ने उनको माग छ। ‘भुतपूर्व गोर्खाका न्यायोचित आवाज सुनेर सम्बोधन गरिनुपर्छ। यी काम गर्नैपर्छ’, रावलले भने।  

विगतका अलोकतान्त्रिक र निरंकुश सरकारले देशमाथि थोपरेका अपमान र असमानजन्य सन्धीबाट देश र जनतालाई मुक्त गर्नं आवश्यक कुटनीतिक राजनीतिक पाइला चाल्न पनि उनले माग गरे। ‘यति ठूलो बहुमतप्राप्त सरकार भइरहेको बेला नेपालको लागि यो एउटा अवसर हो’, उनले भने।  

‘राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट कर र भन्सार महसुल संकलन जस्ता सम्वेदनशील तथ्यांक विदेशी सर्भरमा राखिनुहुन्न्। नेपालमै, नेपाल सरकारकै मातहत हुनुपर्छ’, उनले भने।  

रावलले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगको काम अघि बढाउन समेत माग गरे।  

प्रकाशित: २८ श्रावण २०७६ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App