८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको ध्यान प्रशिक्षणतिर

काठमाडौं – नेपाली कांग्रेसले साउनको अन्तिम साताबाट पार्टीका नेताहरूलाई प्रशिक्षण दिने भएको।  पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कांग्रेसले पहिलो चरणमा तीनवटा प्रदेशमा प्रशिक्षण दिन लागेको हो।

कांग्रेसले पहिलो चरणमा गण्डकी, कर्णली र प्रदेश ५ मा प्रशिक्षण दिने जनाएको छ।  साउन ३१ र ३२ गते गण्डकी प्रदेशको प्रशिक्षण कास्कीको पोखरामा, भदौ २ र ३ गते प्रदेश ५ को भैरहवामा र भदौ ५ र ६ गते कर्णाली प्रदशेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण दिने जनाएको छ। 

पार्टीको सांगठनिक संरचना, विधान र त्यसका विशेषता, राजनीतिक, आर्थिक दृष्टिकोणका साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको कामका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।  प्रशिक्षण कार्यक्रमको उद्घाटनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी हुनेछन्।

प्रकाशित: २८ श्रावण २०७६ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App