coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेता सिंह डिस्चार्ज

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ८ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भएपछि सिंहलाई सोमबार मेडिसिटी अस्पतालले डिस्चार्ज गरेको हो।  ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंहलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो। 

सिंहको उपचारमा डा. मिमी गिरी नेतृत्वको चिकित्सकको टोली सहभागी थियो। अझै केही दिन घरमै पूर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्।

घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टिम, अस्पताल ब्यवस्थापन, आफ्नो स्वास्थप्रति चासो राख्ने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाई, शुभचिन्तक, पार्टीका नेता कार्यकर्ता सबैप्रति आभारसहित धन्यवाद दिए। 

प्रकाशित: २७ श्रावण २०७६ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App