७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाले ५० औं बर्षको यात्रा गर्छः मन्त्री भट्टराई

रुपन्देही– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपाको एकताको विश्वासलाई बचाउन नसके पार्टी धेरै पछाडि पर्ने बताएका छन्।

२०७५ साल जेठ ३ गते भएको पार्टी एकतालाई तल्लो तहसम्म विश्वासका साथ कायम गर्नुपर्ने भन्दै विश्वासको जञ्जिर तोड्न नसके पार्टीका लागि ठूलो घाटा हुने बताए।  उनले विश्वास कायम गरेमा नेकपाले ५० औं बर्षको यात्रा गर्ने बताए। 

विहीबार प्रेस संगठन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले भने, ‘नेकपा सुदृढ एकताका साथ अघि बढ्छ, साना तिना मतान्तर जीवन्त पार्टीमा रहन्छ।’ उनले गाउँ नगरसम्म पार्टी एकताको काम सम्पन्न भएको बताउदै बाँकी रहेका कामहरुलाई आपसी विश्वास र सहमतिका साथ अगाडि बढाउने बताए।

उनले अघिल्लो बर्ष विकास निर्माणमा त्यति ध्यान दिन नपाएको भए पनि आर्थिक बृद्धिदर भने ७ प्रतिशतमा पुर्याइएको बताए। यो बर्ष सरकारले आर्थिक बृद्धिर बढाएर राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारीको अवसर सृजना गर्नमा सरकारले ध्यान केन्द्रीत गर्ने बताए। उनले आफू मन्त्री पदमा नियुक्त भएदेखि नै लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे

प्रकाशित: २३ श्रावण २०७६ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App