१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘मन्त्री र सचिवका कारण मेलम्ची आएन’

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथिको सैद्धान्तिक छलफलमा उनले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका छन्।

उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए। उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको बताए।

प्रकाशित: २२ श्रावण २०७६ ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App