७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपसभापति निधिले अस्पतालमै भेटे सिंहलाई

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्।

‘प्रोस्टेट’मा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल भर्ना भएका सिंहलाई मंगलबार दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। सिंहलाई भेट्न निधिका साथ पत्नी अनामिकासमेत पुगेकी थिइन्।

अस्पतालको ५२७ नम्बर बेडमा सिंहको उपचार भइरहेको छ। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारमा राजनीतिका साथै पारिवारिक सम्बन्ध घनिष्ठ रहेको छ। 

प्रकाशित: २१ श्रावण २०७६ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App