१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस नेता सिंह अस्पताल भर्ना

काठमाडाैं- नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए। चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार÷पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए। सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना हुनुभएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए। रासस

प्रकाशित: २१ श्रावण २०७६ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App