७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लवका दुई कार्यकर्ता पक्राउ

पाँचथर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको दक्षिणी मिक्लाजुङ ६ बाट ताप्लेजुङ घर भएका विप्लवका कार्यकर्ता पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरका अनुसार ताप्लेजुङको मिक्वाखोला २ का हरि विक र हिमाल भनिने गम्फे दियाली विक पक्राउ परेका छन्। गाउँमा गतिविधि गरिहेका बेला उनीलाईहरु पक्राउ गरिएको जानकारी दिएको छ। समान्य परेड खेल्न जान्ने भएको खुलेको प्रहरीले जानकारी दिएको छ।

डिएसपी कुँवरको नेतृत्वमा प्रहरी टोली विप्लवका कार्यकर्ताको गतिविधिलाई निरीक्षण गर्न सो क्षेत्र केहीँ दिन गस्तीमा निस्किएको थियो। बर्खामासमा विप्लवको गतिविधिको अवस्था र स्थानीयबासीसँग भेटेर सो टोली फर्किएको छ। 

प्रकाशित: १९ श्रावण २०७६ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App