८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिममा एनसेलका १३ टावरमा आगजनी

धनगढी– सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका एनसेलका १३ वटा टावरमा बुधबार राति आगजनी गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा आगजनी भएको बताइएको छ।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार बुधबार रातिको समयमा कैलालीको ४, बझाङको ३, अछामको २, बैतडीको एक, डोटीको दुई र डडेल्धुराको एक स्थानमा गरी १३ वटा एनसेल टावरमा आगजनी भएको छ। आगजनीले केही टावरमा सामान्य क्षति भए पनि केही टावरमा भने रातभर आगो बलेर नष्ट भएको छ।  

प्रहरीका अनुसार  कैलालीको धनगढी–६, मटियारी, गोदावरी नगरपालिका–६, जानकी गाउँपालिकाको  खडरिया र मुनुवा, अछामको तुर्माखाँद–७, तितौरा, पञ्चदेवल–३, थानीकोट, बैतडीको पुर्चौडी, बझाङको मष्टा गाउँपालिकाको द्वारी, थलाराको चित्रो, बिथ्थडको धारी, डोटीको जोरायल, कपल्लेकी र डडेल्धुराको काफलीमा रहेका एनसेल टावरमा आगजनी गरिएको हो। 

असार अन्तिम साता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेलले कर छली गरेको भन्दै धनगढीस्थित प्रदेश प्रमुखको कार्यालय अगाडि एनसेलका सिम जलाएका थिए। 

प्रकाशित: १६ श्रावण २०७६ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App