१६ चैत्र २०८० शुक्रबार
राजनीति

विप्लव समूहका नेता पक्राउ

पक्राउ परेका कुवेर ओली।

रुकुम– नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय नेतालाई रुकुम (पश्चिम) प्रहरीले पक्राउ गरेको छ। व्यापारीहरूबाट चन्दा असुल्दै गरेको अवस्थामा विप्लव समूह निकट युवा संगठन नेपाल रुकुम (पश्चिम)का जिल्ला कोषाध्यक्ष कुवेर ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आठबीसकोट नगरपालिका–९ घर भएका ओलीलाई आठबीसकोट–११ को चौरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिए। उनका अनुसार डोल्पाका व्यापारीहरूसंग जबर्जस्ती चन्दा असुल्दै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका ओलीलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।

रुकुम (पश्चिम) प्रहरीले अहिलेसम्म विप्लव समूहका १३ जना नेताहरूलाई पक्राउ गरेको छ। प्रहरीले राप्ती व्युरो सदस्य गोर्खे कामी भन्ने गम्भीर सिर्पाली, रुकुम (पूर्व)का जिल्ला इन्चार्ज कर्णबहादुर नकाल, युवा संघ जिल्ला अध्यक्ष डिल्ली शर्मा, उपाध्यक्ष विवेक विक, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरा, सचिव हरि पुनलगायतका नेताहरूलाई पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए।

प्रकाशित: १४ श्रावण २०७६ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App