८ वैशाख २०८१ शनिबार
राजनीति

दुई साताका लागि सचिवालय बैठक स्थगित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि दुई साताका लागि सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर र अर्का अध्यक्ष दाहाल पारिवारिक भ्रमणका लागि दुवई जाने भएपछि सचिवालय वैठक साउन २८ गतेसम्म स्थगित भएको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका अध्यक्ष दाहाल मंगलबार (आज)नै पारिवारिक भ्रमणका लागि दुवई जाने तथा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएकाले बैठक स्थगित भएको बताए।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ७ दिनका लागि निजी चिकित्सकको सल्लाहमा उनी ‘फलोअप’ स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका हुन्। निजी चिकित्सक डा. दिव्या सिंहसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
अर्का अध्यक्ष दाहाल पारिवारिक भ्रमणमा दुवईतर्फ लागेका हुन्। पार्टीमा स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कुरा नमिलेपछि बैठक पटकपटक सर्दै आएकामो दुवै अध्यक्षको अनुपस्थिति हुने भएपछि सचिवालय बैठक साउन २८ सम्म स्थगित भएको छ।

सोमबारको बैठकमा विभागको जिम्मेवारीका कुरा आएपछि प्रधानमन्त्री ओलीले आज बाघ दिवस भएकाले त्यसलाई सरकारी तबरबाट कसरी संरक्षण गर्न सकिन्छ भन्दै सल्लाह सुझाव मागेर विषयान्तर गरेका थिए।

सोमबारको बसेको सचिवालय बैठकमा प्रधानमन्त्री र अर्का अध्यक्ष दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो। दुवै अध्यक्षले भ्रमण गोप्य राख्न चाहेका छन्। पार्टीको ३३ वटा विभागको प्रमुख उपप्रमुख तोक्नेगरी बसेको बैठकले सोमबार कुनै पनि निर्णय गर्न सकेन। सोमबारको बैठकमा सचिवालय सदस्यद्धय ईश्वर पोखरेल र रामबहादुर थापाले सचिवलयका सदस्य कसैले पनि विभागको प्रमुख नलिन प्रस्ताव गरे पनि अध्यक्ष ओलीले अहिले त्यो विषय कुरै नगरांै, हामी मिलाउछौं भनेका थिए। बैठक स्रोतका अनुसार पोखरेलले सचिवालयमा भएका सबै सदस्य जिम्मेवारी भएकाले थप जिम्मेवारी लिनु नपर्ने धारणा राखेको र गृहमन्त्रीसमेत रहेका थापाले त्यसको समर्थन गरेका थिए। दुवैजनाको समान धारणा आएपछि प्रधानमन्त्री ओलीले आज बाघ दिवस भएकाले त्यसलाई सरकारी तबरबाट कसरी संरक्षण गर्न सकिन्छ भन्दै सल्लाह सुझाव मागेर विषयान्तर गरेको स्रोतले जनाएको छ। ‘बैठकमा विभागको प्रमुखबारे कुनै छलफल भएन प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नै हामी अध्यक्षद्वयले टुग्याउछांै भनेपछि थप छलफल नभएको हो’, बैठक स्रोतले भन्यो। विगत दुई सातादेखिनै नेकपाको सचिवालय बैठकले स्कुल विभागको प्रमुख टुंग्याउन सकेको छैन।

सो विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेपछि विवाद बढेको थियो। दुई अध्यक्ष ओली र दाहालले धेरै पटक यो विषयमा छलफल गरेपनि टुग्याउन सकेका छैनन। गत आइतबारपछि सचिवालयको बैठक नै तीनपटक स्थगित भएको थियो। ३३ वटा विभाग मध्ये प्रमुख ६ विभागको बाँडफाँडमा पूर्व एमाले विदेश, संगठन, नीति, स्कूल विभाग लिने र पूर्व माओवादीले आर्थिक र प्रचार लिने पहिल्यै सहमति भएको थियो। पूर्व एमालेको भागमा परेको मध्ये स्कुल विभागमा ईश्वर पोखरेलको नाम प्रस्ताव भएपछि पूर्वमाओवादी समूहले विवाद झिकेका थिए। पोखरेलले नेकपाको अबको कार्यदिशा जनताको बहुदलीय जनवाद हुने विषयलाई विभिन्न सार्वजनिक कार्यक्रममा पटकपटक दाहो¥याएपछि पूर्व माओवादी समूहले उनको भनाइको प्रतिवाद गर्दै आएको छ। स्वयं अध्यक्ष दाहालले पनि पोखरेलको ती अभिव्यक्तिको खण्डन गर्दै आएका थिए।

प्रकाशित: १४ श्रावण २०७६ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App