coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोइरालाको व्यङ्ग्यपछि देउवाको त्यो वचनः मिल्ला त घिमिरेलाई राजनीतिमा राहत ?

काठमाडौं– शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सक्षम नेता भएर पनि घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरुबीच बहस नै चल्यो।

नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सुझाव दिए। कोइरालाले साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अबदेखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे।

महामन्त्री कोइरालाले भने ‘गुरुराज जी तपाईलाई सेफ गर्ने नेतृत्व भएन। न मैले सकें। न शेरबहादुर जी ले सक्नुभो। न रामचन्द्र दाईले सक्नु भो। उहाँ त चुनावमा लड्ने मान्छे हो। तर उनले टिकट पाउनुभएन। किनभने हामीले उहाँलाई संरक्षण दिन सकेनौं। त्यसैले म के भन्न चाहन्छु भने ९० प्रतिशत साहित्यकार हुनु अनि १० प्रतिशत मात्रै राजनीति गर्नु।’

महामन्त्री कोइरालाले नेतृत्वले संरक्षण गर्न  नसकेको भन्दै ९० प्रतिशत साहित्यलाई र १० प्रतिशत मात्रै राजनीतिलाई दिन सुझाव दिएपछि कार्यक्रम हाँसोले गुञ्जायमान बनेको थियो। लगत्तै बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा पाएको ठक्करले प्रतिभा प्रष्फुटन भएको टिप्पणी गरे।

उनले भने ‘विशेष प्रकारका घटनाहरुको संघारबाट प्रतिभाको प्रस्फुटन हुन्छ। उनलाई पनि निर्णयको घटनाको संघारबाट प्रतिभा प्रस्फुटन भएको हो। कहिले काही नराम्रो कुराले पनि राम्रो हुने गर्छ।

सभापति देउवाले त नेता घिमिरेलाई अन्याय नभएको स्वीकारै गरे। उनले भने ‘वास्तवमा अन्याय भएको छ। एउटा सिट हुन्छ। ५० जना चाहन्छन्। कसरी हुन्छ? राजनीतिबाट टाढा नरहनु। अब अन्याय नगर्ने किसिमले जाउला। राजनीति र साहित्यलाई सँगसँगै लैजानुहोस्।’

लेखक एवं नेता घिमिरेले आफु पुर्णकालिन राजनीति व्यक्तित्व भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय मात्रै साहित्यलाई दिने गरेको बताए। समी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको घिमिरेका ‘मान्छेका कथाहरु’ कथा संग्रहमा १४ वटा कथा संग्रहित छन्।

प्रकाशित: ११ श्रावण २०७६ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App