८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

खोटाङ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दासमेत सरकारले दोषी पहिचान र कारबाही गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन्।

‘सरकाराी, फटाहा र बलात्कारीलाई कारबाही नगरेर संरक्षण गरेको एक वर्ष पुगेकाले पुत्ला दहनसहित विरोध गरिएको नेवि संघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए। गृहमन्त्री थापाले ‘निर्मलाको जस्तो हत्या हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ’ भनेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएकाले विरोध प्रदर्शनमा उत्रिएको नेवि संघले जनाएको छ।

कांग्रेस पार्टी कार्यालयबाट सरकारविरोधी नारा–जुलुससहित बेसक्याम्प पुगेका नेवि संघआबद्ध विद्यार्थीले पुत्ला दहनपछि निर्मलाको न्यायका लागि भन्दै चर्को नाराबाजी लगाएको थियो। निर्मलाको हत्यारालाई कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने नेवि संघले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७६ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App