७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रित

काठमाडाैं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा बोल्नुहुने केन्द्रीय सदस्यहरुले सो विषयमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस अघिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठन पश्चात १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यसूची पेश गरिएको थियो। 

आजको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए। केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ। रासस

प्रकाशित: ९ श्रावण २०७६ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App