६ वैशाख २०८१ बिहीबार
राजनीति

भारतसँग कुरा गर्ने बेला आयोः देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्सेनि हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उनले भारत र नेपालले एकापसमा दोषारोपण गरेर समस्या समाधान नहुने बताए।

‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने, कति दिन सम्म चल्छ यो ? त्यसैले कुटनीतिक तहबाट भारतसँग कुरा गर्नुपर्ने भएको छ।’

उनले सरकारले बाढी र डुबानमा परी घरवारविहीन भएकालाई उचित बासस्थान र तत्काल राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए।

सिरहा, सुनसरी, रौतहटलगायत जिल्लाको अनुगमनका क्रममा आफूले कहीँ पनि सरकारको उपस्थिति नदेखेको उनको भनाइ छ। दुःख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको उनले टिप्पणी गरे।

प्रकाशित: ८ श्रावण २०७६ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App