coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ। एक साताअघि नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विवादमा परेको हो।

तत्कालीन एमाले र तत्कालीन माओवादीले विभाग बाँडफाँट गर्ने क्रममा विदेश विभागमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन विभागमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतमलाई दिने सहमति गरेका थिए। स्कुल विभागमा पार्टी अध्यक्ष ओलीले ईश्वर पोखरेलको नाम प्रस्ताव गरेपछि अर्का अध्यक्ष दाहालले अस्वीकार गरेका थिए। दाहालको अस्वीकारकै बीचमा गत आइतबार बसेको सचिवालय बैठकमा ओलीले स्कुल विभागको पमुखमा पोखरेललाई प्रस्ताव गरे। सोही बैठकमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सो विभाग आफूले पाउनुपर्ने दाबी गरे।

‘वरिष्ठ नेता माधव नेपालले रोजेर विदेश, झलनाथ खनालले रोजेर नीति अध्ययन विभाग, वामदेव गौतमले रोजेरै संगठन विभाग लिनुभयो, सचिवलाय सदस्यको छैठाैं बरियतामा म भएकाले अब विभाग रोज्ने पालो मेरो हो मैले स्कुल विभाग पाउनुपर्छ,’ उनले सो बैठकमा भनेका थिए। स्रोतका अनुसार आफूभन्दा एक तहमुनि बरियतामा रहेका कारण आफूपछि मात्रै उहाँले विभाग रोज्न पाउनुपर्ने पर्छ भनेका थिए। त्यसपछि बैठकले विभागीय प्रमुखको टुंगो लगाउन नसकी जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेर बैठक मंगलबारका लागि सारिएको थियो। तर सोमबार बेलुका दुई अध्यक्षबीच भएको छलफलले स्कुल विभाग कसलाई दिने भन्नेबारे कुनै निष्कर्ष ननिस्किएपछि मंगलबारको सचिवलाय बैठक पनि स्थगित भएको थियो।

‘अब बैठक स्कुल विभागको टुंगो लागेपछि मात्रै बस्छ,’ सचिवालयका एक सदस्यले भने। आर्थिक विभागर प्रचार विभाग भने सुरुमा पूर्वमाओवादीको भागमा परेको थियो। श्रेष्ठले जनताको जनवादमा आफ्नो योगदान रहेको भन्दै स्कूल विभागमा दाबी गरेपछि सबै स्कुल विभाग, प्रचार विभाग र आर्थिक विभाग अब कसको भागमा पर्छ भन्ने अन्योल भएको एक सचिवालय सदस्यले बताए। ‘नारायणकाजी श्रेष्ठले प्रचार विभागमा राखेर आफूलाई कर्नरमा पारिएको भन्दै अध्यक्ष दाहालसँग गुनासो गरेपछि दाहाल जसरी पनि श्रेष्ठलाई स्कुल विभाग दिनुपर्ने अडानमा लागेका छन्,’ नेकपा निकट स्रोतले भन्यो।

श्रेष्ठलाई नजिकबाट चिन्ने एक नेताका अनुसार नेकपा एकता केन्द्र र माओवादी एकिकरणपछि श्रेष्ठले सधै दाहाललाई सहयोग गर्दै आएको र एकताकेन्द्र र माओवादी एकीकरण गर्दा दाहालले नै मोन बैद्य र बाबुराम भट्टराई सो सरहको उपाध्यक्ष्को हैसियत दिएर एकीकरण गराएपछि उनीहरु एक अर्काको परिपूरक जस्तै भएका छन्। ‘माओवादीले जनयुद्ध सुरु गर्नुपूर्व ‘माओवाद विचार हो कि वाद’ मात्रै हो भन्ने विषयमा दाहाल श्रेष्ठबीच विवाद भएकाले श्रेष्ठले यो ‘विचार’ हो भन्दै जनयुद्धमा नगएको र दाहाल चाहिँ ‘वाद’ हो  भन्दै जनयुद्धमा गएका थिए,’ श्रेष्ठनिकट स्रोतले भन्यो, ‘एकता केन्द्र एकीकरणका बेला श्रेष्ठले यही विषयलाई उठाए। उपाध्यक्ष पाएपछि पार्टीमा पछि छलफल गरांैला भनेर पार्टी एकीकरण गरेका श्रेष्ठले त्यो विषयलाई आजसम्म कही कतै उठाएनन्।’ उनका अनुसार पार्टीभित्र विचारको व्याख्या गर्छु भन्ने श्रेष्ठले अहिले जनताको जनवादको राजनीतिक प्रतिवेदन तयार आफ्नो योगदना रहेको छ भन्दै नयाँ कुरा गरेका हुन्।

‘प्रतिवेदनमा उनको योगदना त होला तर त्यतिबेला ‘वाद र विचार’को लडाइँ छ भनेर जनुयुद्धमा नगएका श्रेष्ठले यसपटक पनि जनवाद आफ्नो विचार छ भन्दै अरुलाई आफू व्याख्यता भएको दाबी गरेछन्। यो विषयमा उनी आफूलाई अब्बल ठान्लान् तर पार्टीभित्र कहीँ पनि विषयचाहिँ उठान गर्दैनन्,’ श्रेष्ठनिकट स्रोतले भन्यो। एकताकेन्द्र र माओवादीको एकीकरणपछि उनी सधंै शक्तिमै रहेका छन्। उनी निकटका व्यक्तिहरुलाई मन्त्री बनाएका छन भने आफू पनि उप्रधानमन्त्री तथा गृहमन्त्री बनिसकेका छन्। अहिले नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण पनि छैटौं बरियताका नेता भएकाले विभाग रोज्ने काम आफ्नै पालो भएको भन्दै बखेडा निकालेको नेकपानिकट स्रोतले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७६ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App