coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रशिक्षण दिंदै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आइतबारको बैठकले सोन १६ गतेदेखि दुई दिनसम्म प्रशिक्षण दिने निर्णय गरेको हो ।

सात प्रदेशका १२ ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानले जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । कांग्रेसले स्थानीय तहमा पार्टीकातर्फबाट निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई पनि प्रशिक्षण दिने निर्णय गरेको छ । महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिएपछि कांग्रेसले उनीहरूलाई भने काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ ।

समितिको बैठकले तारानाथ दाहालको संयोजकमा निर्देशिका निर्माण, खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरेको छ ।

प्रकाशित: ६ श्रावण २०७६ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App